मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले गुणस्तरीय शिक्षा प्राप्त गर्न अभिभावक, शिक्षक र विद्यार्थीहरु प्रतिवद्ध हुनु जरुरी रहेको बताउनुभएको छ । अन्तराष्ट्रिय शिक्षक दिवसको अवसरमा मंगलबार हेटौंडामा आयाेजित “गुणस्तरीय शिक्षाका लागि अभिभावकको भुमिका र शिक्षकको दायित्व” विषयक छलफल तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सबैको सामुहिक प्रतिबद्धताबाट मात्र शैक्षिक क्षेत्रको सुधार हुने बताउनुभयो ।

No description available.

शिक्षाको लागि राष्ट्रिय अभियान नेपालद्धारा आयोजितक कार्यक्रममा उहाँले अभिभावक, शिक्षक र विद्यार्थीले आ–आफ्नो दाइत्व र जिम्मेवारी प्रति प्रतिबद्ध हुन जरुरी रहेको औल्याउनुभयो । प्रमुख खुलालले शिक्षकहरुले पनि आफैलाइ समिक्षा गर्न जरुरी रहेको साथै अभिभावकले पनि सोहि अनुरुप बालवालीका प्रति ध्यान दिन जरुरी रहेको बताउनुभयो । शिक्षकले आफु शिक्षक भएको र शिक्षकको महत्व बुझेर शिक्षकले पाउने प्रतिष्ठा र मानको बिरासत जोगाउन जरुरी रहेको बताउनुभयो । प्रमुख खुलालले आर्थिक अभावमा शैक्षिक सुधारमा केही असर नगर्ने भन्दै शिक्षक र विद्यालय प्रतिवद्ध हुनु आवश्यक रहेको बताउनुभयो । सिद्धान्तका ठुलाठुला गफ गरेर मात्र शैक्षिक क्षेत्रको सुधार नहुने भन्दै उहाँले सबैले आ आफ्नो कर्तव्य निर्वाह गर्नु पर्ने धारणा राख्नुभयो । दिवशका अवसमा सबैले आ–आफ्नो कमजोरी सुधार गर्दै शैक्षिक क्षेत्रको सुधारका लागि प्रतिबद्ध भएर लाग्न आग्रह समेत गर्नुभयो ।

No description available.

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख प्रेम खरेलले गुणस्तरी शिक्षा अहिलेको आवश्यक्ता रहेको बताउनुभयो । उहाँले सबैले प्रतिबद्ध भएर लागेमा शैक्षिक क्षेत्र सुधार गर्न सकिने धारणा राख्नुभयो । कार्यक्रममा आफुनो धारणा राख्नुहुँदै बंश गोपाल माविका प्रधानाध्यापक रमेश खतिवडाले भौतिक निर्माणमा गरिने लगानी तुरुन्त देखिने तर, शिक्षामा गरिएको लगानी स्थाइ हुने भन्दै स्थानीय तहले यसमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय तहले शिक्षामा भिन्न परिवर्तनको कार्यक्रम सन्चालन गर्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो परिवर्तित अवस्थामा शिक्षा ऐन परिवर्तन हुन जरुरी हरेको समेत उहाँले बताउनुभयो । शिक्षाको परिवर्तनका लागि शिक्षक, विद्यार्थी, अभिभावक, सरकारी तथा गैरसरकारी संस्था सबैको भुमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो ।

No description available.

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयका ३ जना महिला प्रधानाध्यापकहरुलाई सम्मान समेत गरिएको थियो । हेटौंडाको प्रावि, निमावि, मावि तीन वटा तहका उत्कृष्ट ३ महिला प्रअलाई सम्मान गरिएको हो । हेटौंडा–१ चाइनाक्वाटरमा रहेको अमर माविको महिला प्रअ मालती उप्रेती, हेटौंडा–१ लालझाडी स्थित बाराही निमाविकी प्रअ मञ्जु देवकोटा र हेटौंडा–१८ को भावना प्राविको प्रअ रुपा रिजाललाई सम्मान गरिएको हो । जिल्ला शिक्षा समितिका संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख खुलालले उहाँहरुलाई सम्मानपत्रद्धा सम्मनीत गर्नुभएको थियो ।

No description available.

शिक्षाको लागि राष्ट्रिय अभियान नेपालका बागमती प्रदेश संयोजक प्रकाश खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार सुरेश श्रेष्ठ, सम्मानीत हुनेहरुका तर्फबाट प्रअ मालति उप्रेतीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शिक्षाको लागि राष्ट्रिय अभियान बागमती प्रदेश संयोजक खतिवडाले कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।