हेटौँडा – मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत लिने ३० दिन अबधिसम्म कुर्नु अघि नै अविश्वासको प्रस्ताब दर्ता गराउने विपक्ष गठबन्धको तयारीले सार्थकता पाएको छैन ।
अविश्वासको प्रस्ताब दर्ता गर्दा नै मुख्यमन्त्रीको नाम दिनुपर्ने संबैधानिक बाध्यताले विपक्ष गठबन्धन अप्ठेरोमा परेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र नेकपा एकीकृत समाजबादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेकै मुख्यमन्त्रीमा दाबी रहँदा गठबन्धनको संयुक्त बैठक नै प्रभावित हुँदै आएको छ । सत्ता गठबन्धनको दुई ठुला पार्टी माओवादी केन्द्र र नेपाली कांग्रेसले सोमबार बस्ने भनेको संसदीय दलको बैठक नै स्थगित गरेका छन् । सोमबार नेपाली काँग्रेस र नेकपा माओवादी दुवैले संसदीय दलको बैठक आह्वान गरेका थिए । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक बुद्धिमान माझीले केन्द्रीय नेतृत्वको आन्तरिक छलफल बाँकी नै रहेकाले दलको बैठक स्थगित गरेको बताउनुभयो । नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले पनि आन्तरिक छलफल र तयारीका लागि बैठक स्थगित गरेको बताउनुभयो ।

टिमटिभिबाट साभार