हेटौंडा – मकवानपुरमा मंगलबार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७६ जनामा गरिएको पिसीआर परिक्षणमा ३७ जना र ५६ जनामा गरिएको एन्टिजेनमा परिक्षणमा ७ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका ३७ जना रहेका छन् ।