हेटौंडा । मकवानपुरमा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय जनामा पिसिआर र २७३ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३० जना र एक जना गरी थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
आज कोरोना पुष्टि हुने ३१ जनानै हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट ६ जना र संस्थागत आइसोलेसनबाट ४ जना गरी १० जना संक्रमणमुक्त भएको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा हालसम्म १४ हजार ७५६ जनामा कोरोना पुष्टि हुँदा १४ हजार २५२ जना संक्रमणमुक्त भएका छन् ।