मकवानपुर – मकवानपुरमा शनिबार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले शनिबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा ९५ जनाको कोरोना जाँच गर्दा ५० जनामा संक्रमण पुष्टि भएको हो ।
उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ७९ जनाको पिसिआर बिधिबाट र १६ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएकोमा पिसिआरबाट ४९ र एन्टिजेनबाट  गरी जम्मा १ जनामा गरी  ५० जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर ५२ प्रतिशत रहेको छ । मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १४७२६ रहेको छ ।  त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना मुक्त भएका छन । विभिन्न मितिमा कोरोना संक्रमित भई होम तथा संस्थागत आइसोलेशनमा बसेका ६ जना कोरोना मुक्त भएका हुन । हाल सम्म मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या १४ हजार २ सय ४२ रहेको छ ।