हेटौंडा – मकवानपुरमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३६ जनामा पीसीआर पोजेटिभ र ७ जनामा ऐन्टिजेन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जना कोरोनामुक्त भएका छन् । यो संगै जिल्लामा हालसम्म १४ हजार ५५० जनामा कोरोना पुष्टि भएको छ भने १४ हजार २२२ जना संक्रमण मुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा मनहरी–३ का ५५ वर्षीय एक महिलाको कोभिडको कारण मृत्यु भएको छ । योसहित जिल्लामा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १५९ जना पुगेको कार्यालयले जनाएको छ ।