मकवानपु – मकवानपुमा आज थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा ११८ जनाको पिसिआर र ६० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३१ जना र ४ जना गरी थप ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यस्तै पछिल्लाे २४ घण्टामा थप ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा हाल २ सय ६१ जना सक्रिय संक्रमित रेहका छन् । जसमा २ स य २८ जना घरमा र ३३ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।