मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको छैठौं जिल्ला सभा शुक्रबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएको हो ।
जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले नेतृत्व गर्ने व्यक्तिले आफ्नो भूमिका आफै खोज्नुपर्ने बताउनुभएको छ । उहाँले जिल्ला समन्वय समिति मकवानपुरले प्रदेशको १३ जिल्ला मध्ये उत्कृष्ट काम गरेको बताउनुभयो । अन्य जिल्ला समन्वय समितिहरु भन्दा मकवानपुरको नेतृत्व राम्रो रहेको बताउनुभयो । समन्वय, सहजीकरण गर्न, स्थानीय तह, प्रदेश र संघीय सरकारसँग जिसस मकवानपुर अब्बल रहेको मुख्यमन्त्री पौडेलको भनाई छ । संघ, प्रदेश र स्थानीय तहमा आफ्नो भूमिका स्थापित गरेर जिल्ला समन्वय समिति मकवानपुरले यो संस्था आवश्यक छ भन्ने प्रमाणित गरेको बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले अहिले जताततै स्थानीय सरकारमा अध्यक्षले उपाध्यक्षलाई काम गर्न दिएन, मेयरले उपमेयरलाई काम गर्न दिएन भन्ने गुनासो भएको भन्दै आफुसँग भएको अधिकारको प्रयोग गर्न आग्रह गर्नुभयो । स्थानीय तहमा अध्यक्षले भन्दा उपाध्यक्षलाई बढी अधिकार भएको भन्दै मुख्यमन्त्री पौडेलले आफ्नो भूमिका आफै खोज्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खु्लालको अध्यक्षतामा भएको जिल्ला सभाबाट जिल्ला समन्वय समिति मकवानपुरले हालसम्म गरेका काम कारवाही तथा अर्थिक वर्ष २०७८÷०७९ को नीति कार्यक्रम सम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७८÷७९ को आय तथा व्ययको अनुमान सम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७७÷०७८ को संसोधित व्यय विवरण, विनियोजिन तथा प्रगति समिक्षा, बेरुजु तथा सम्परिक्षण सम्बन्धी प्रतिवेदन र अधिकार प्रत्यायोजन प्रस्ताव पारित गरिएको छ ।
जिल्ला सभाका अवसरमा जिल्लाका १० स्थानीय तह मध्ये उत्कृष्ठ तीन वटा स्थानीय तहलाई सम्मान गरिनुका साथै विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका व्यक्ति तथा संस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । जिल्लामा उत्कृष्ट कार्य गर्ने थाहा नगरपालिका पहिलो, मनहरी गाउँपालिका दोश्रो र बकैया गाउँपालिका तेस्रो भएको छ । उहाँहरुलाई मुख्यमन्त्री पौडेलले प्रमाणपत्रद्धारा सम्मानित गर्नुभएको थियो । यस्तै कोरोना महामारिका बेला योगदान पु¥याउको भन्दै विभिन्न व्यक्ति तथा संघ संस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । जिल्ला सभाका अवसरमा मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समिति, मकवानपुरले सम्पादन गरेको विविध विकास गतिविधिहरु र १० वटै पालिकाहरु तथा संघ संस्थाहरुबाट भए गरेका कार्यहरुको संक्षिप्त सूचना÷तथ्यांङ्कहरु समेटेर प्रकाशन गरिएको “मकवानपुर” नामक पुस्तक समेत सार्बजनीक गर्नुभएको थियो ।
सभामा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, नेपाली कांग्रेसका प्रवक्ता प्रदिप कोइराला, राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा,जसपाका नेता सुरेन्द्र भट्टराई, बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाई, प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण देवकोटा, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, बरिष्ट पत्रकार प्रताप बिष्ट,उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।