मकवानपुर – मकवानपुरमा आज थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको छ । मंगलबार ८९ जनामा संक्रमण देखिएकोमा बुधबार आज १०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा २३२ जनाको कोरोना परिक्षण गर्दा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७३ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा ९६ जना र ५९ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्दा ९ जना गरी १०५ जनामा संक्रमण पुष्टि भएको हो । आजको कोरोना संक्रमित दर ४५ प्रतिशत रहेको कार्यालयले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ हजार ६८९ पुगेको छ ।
यस्तै जिल्लामा आज थप ५१ जना कोरोना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ५१ जना कारोना संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । योसँगै जिल्लामामा हालसम्म कोरोनामुक्त हुनेको संख्या १२ हजार ३ सय ९५ जना पुगेको कार्यालयले जनाएको छ । जिल्लामा हाल सकृय संक्रमित एक हजार १०५ जना मध्ये एक हजार ३८ जना होम आइसोलेसनमा र ६७ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यालयले जनाएको छ ।