मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वाधार विकास प्रदेश सरकारको प्राथमिक्तामा रहेको बताउनुभएको छ । हेटौँडा–११ स्थित नवनिर्मित यातायात पूर्वाधार निर्देशनालय भवनको बुधबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले काम गर्नका लागि पूर्वाधार पहिलो आवश्यक्ता रहेकाले प्रदेश सरकारले पूर्वाधार निर्माणलाई प्राथमिक्ता दिएको बताउनुभयो । काम गर्नका लागि कर्मचारीलाई अनुकुल वातावरण चाहिने भएकाले भवन निर्माणको कामलाई प्रदेश सरकारले तिब्रता दिएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको प्राथमिकता पूर्वाधार विकास गर्नु रहेकाले सरकारको उद्देश्यमा निर्माण कम्पनीका ठेकेदारले सडक, पुल, भवनको निर्माण समयमा नै सम्पन्न गर्न ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतकाकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । १९ कोठाको नवनिर्मित भवन कुल दुई करोड ४४ लाख १७ हजार लागतमा निर्माण भएकाे हाे ।