साउथका सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले, सोमबार राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ विघटन गरेका हुन् । रजनीकान्तले भविष्यमा राजनीतिमा फर्किने आफ्नो कुनै पनि सोच नभएको बताएका छन् । उनले, यो फैसला पार्टीका सबै नेताहरुसँग छलफल गरेपछि लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
रजनीकान्तको नयाँ संगठनले अब ‘रजनी फ्यान क्लब एसोसिएसन’को नामबाट जनताको सेवा गर्नेछ । रजनीकान्तले गत बर्षको डिसेम्बर २९ मा आफ्नो स्वास्थ्य अवस्थाका कारण चुनावी राजनीतिबाट आफूलाई टाढा राख्ने निर्णय लिएका थिए ।उनले, सो समयमा एक पत्र लेख्दै राजनीतिमा नउत्रिएपनि जनताको सेवा भने निरन्तर गर्ने उल्लेख गरेका थिए । उनले, यो फैसलाबाट आफ्ना फ्यानहरु निराश भएपनि आफूलाई माफ गरिदिन आग्रह गरेका छन् । रजनीकान्त केही दिन अगाडि मात्र अमेरिकामा उपचार गरेर फर्किएका थिए । उनलाई डाक्टरले एक्सनका दृश्य नगर्न सुझाव दिएका छन् ।