हेटौडा – हेटौडा उपमहानगरपालिका वडा नम्बर–९ को पश्चिम र साविक पदमपोखरी गाविसको पूर्वी भागमा रत्नावति, कर्णावती र कौशवाही (चुरे पर्वतको कुसको जंगलबाट उत्तर वगेको) नदिको संगम स्थलमा कुष्माण्ड सरोवर अवस्थित रहेको छ ।

तीन नदिको संगममा बसेर कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त गरेको भनि स्कन्द पुराणको हिमवत खण्डको ७६ औं स्लोकमा उल्लेख भएको हुँदा यस पवित्र भूमिमा कुष्माण्ड भगवतीको सहित १०८ गौमुखि धारा स्थापना गरिएको छ । यहाँ माघ स्नान गर्ने र कार्तिक महिनामा कुभिण्डो दान गर्ने चलन छ ।

साढे सात बिघा जमिनमा फैलिएको धार्मिक पर्यटकिय स्थलका रुपमा विकास भईरहेको यस क्षेत्रमा हाल विभिन्न संरचनाहरु निर्माणकै क्रममा रहेको छ । यस क्षेमा कुष्माण्ड भगवतीको मन्दिर, गणेश मन्दिर, ब्रह्मकुण्ड, विष्णुपादुका, १०८ गौमुखी धारा, कुष्माण्ड भगवतीबीचमा रहेको सरोवर,शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत सुन्दर बगैँचा बनाइएका छन् । भने अझै केही हिडिम्बा नगरी, शीस महललगायत महत्वपूर्ण संरचनाहरू बन्दै गरेकाछन ।

हेर्नुहोस बन्दै गरेको केहि संरचनाका तस्विरहरु