नेपाल आज थप १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३ सय ७४ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार २ सय १८ र ५ हजार १ सय ३० नमुनाको एन्टीजेन परीक्षण गर्दा ६ सय ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज १ हजार २ सय ८६ जना कोरोना संक्रमित निको भएका छन् । तथ्याङ्क अनुसार हालसम्म ९४ दशमलव ५ प्रतिशत संक्रमित निको भइसकेका छन् । यस्तै कोरोना सङ्क्रमणका कारण आज थप २९ जनाको मृत्यु भएको छ । यो सँगै सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ३ सय २० पुगेको छ । मन्त्रालयको अनुसार सङ्क्रमणका कारण ६० वर्ष भन्दा माथिका व्यक्तिको मृत्यु हुने दर उच्च छ । यस उमेरका ४ हजार ९ सय ९५ जनाको मृत्यु भइसकेको तथ्याङ्क छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!