प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई सुरु भएको छ । दुई दिन स्थगित भएको सुनुवाई आजबाट सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आन्नन्दमोहन भट्टराइ सम्मिलित इजलाशमा सुनुवाई सुरु भएको हो । संवैधानिक इजलासमा शेर बहादुर देउवाको रिट निवेदनमा बहस सुरु भएको छ । यसअघि प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणा अस्वस्थ भएपछि सुनुवाई स्थगित भएको थियो ।