मकवानपुर– मकवानपुरमा थप १ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय २६ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १ सय ७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । आज पुष्टि हुनेहरुमा सबैभन्दा धेरै १ सय ५२ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि १० जना मनहरीका,५ जना भीफेदीका,थाहा र बागमतीका २र२ जना र राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ६ हजार ७ सय १९ पुगेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा जिल्लामा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना हेटौंडा उपमहानगरपलिकाका रहेका छन् । मृत्यु हुनेमा हेटौंडा ५ का ६५ वर्षीय पुरुष र हेटौंडा ४ का ५५ वर्षीय पुरुष रहेका छन् । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । मकवानपुरमा कोरोना जित्नेको संख्या बढ्दै गएको छ । आज पनि जिल्लामा थप ९६ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट ८७ जना र आइसोलेसनबाट ९ जना गरेर थप ९६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकपवानपुरले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!