मकवानपुर– मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ सय ३९ जनामा गरिएको थप १ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पिसिआर र एन्टीजेन परीक्षण गर्दा
स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले दिनुभएको जानकारी अनुसार १ सय ७८ जनाको पीसीआर र ६१ जनाको एन्टीजीन विधिबाट गरिएको परिक्षणबाट पथ १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा हालसम्म संक्रमितको संख्या ६ हजार ४०८ पुगेको उहाँले बताउनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । ७९ जना होम आइसोलेसन र ८ जना संस्थागत आइसोलेसनबाट गरि पछिल्लो २४ घण्टामा ८७ जना संक्रमित डिस्चार्ज भएको उहाँले बताउनुभयो । यो संगै जिल्लामा हालसम्म ४ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मकवानपुरमा थप ४ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । योसंगै मकवानपुरमा कोरोनाका कारण मृत्यु हुनेको सख्या ५८ जना पुगेको उहाँले वताउनुभयो ।