मकवानपुर– मकवानपुरमा आफैँले बोकेको अबैध भरुवा बन्दुक पड्किदा एक जना घाईते भएका छन् । बकैया–६ स्थित सृजना सामुदायिक वनमा सिकार खेल्न गएको अवस्थामा सोहि स्थानका २२ वर्षिय जिवन घिसिङ आफैले बोकेको बवैध भरुवा बन्दुक अचानक पड्किएको हो ।
आफैले बोको बन्दुक अचानक पड्कन गई दाहिने कोखामा गोलि लागी घिसिङ गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई आफन्तले हेटौडा स्थित अस्पतालमा उपचार गराउन ल्याएकोमा उपचार सम्भव नभएपछि थप उपचारको लागी मेडिकल कलेज भरतपुर पठाईएको र उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट कार्यालयबाट प्रहरी टोली खटिई अबैध भरुवा बन्दुक बरामद गरीएको र घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयेश्वर रिमालले जानकारी दिनुभयो ।