काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणको कारण निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४५ पुगेको छ। गृह मन्त्रालयका अनुसार स्थानीय प्रशासनले ३७ जिल्लामा पूर्ण र ८ जिल्लाका निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेका हुन् ।
सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।
यी हुन् निषेधाज्ञा जारी गर्ने जिल्लाहरु :