मकवानपुर– मकवानपुरका सामुदायिक विद्यालयका लेखापालहरुका लागि आजबाट तीन दिवशीय लेखापालन सम्बन्धी तालिम आजबाट हेटौंडामा सुरु भएको छ । शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरको आयोजनामा सामुदायिक विद्यालयका प्रधानाध्यापक र लेखापालहरुका लागि लेखापालन तथा सार्वजनीक खरिद सम्बन्धी ३ दिने तालिम सुरु भएको हो ।

तालिमको आज जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला शिक्षा समितिका अध्यक्ष रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले सामुदायिक विद्यालयमा लेखा व्यवस्थापनका लागि तालिम फलदायि हुने बताउनुभयो । उहाँले खर्चको बैद्यता, कानुनी परिधिका बारेमा जानकारी नहुँदा विभिन्न समस्याहरु आउने गरेको हुँदा लोखापान तथा सार्वजनकि खरिद सम्बन्धी तालिमले सहजता मिल्ने बताउनुभयो । प्रमुख खुलालले तालिमलाई परिणममुखि बनाउन आग्रह समेत गर्नुभयो ।

मकवानपुरमा पहिलो पटक लेखापालन तथा सार्वजनीक खरिद सम्बन्धी तालिम संचालन गरिएको शिक्षा विकास तथा समन्वय ईकाईका प्मुख कृष्ण प्रसाद पौडेलले बताउनुभयो । व्यवस्थित लोखा राख्न तालिम उपलब्धी मुलक हुने उहाँले बताउनुभयो । तालिमको कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख रमेश अर्याल र बागमती प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका राजेन्द्र पाण्डेले सहजिकरण गर्नुहुने छ ।