sf7df8f}F, @( r}t . 3f]8]hfqf @)&& sf] cj;/df ;}lgs d~r 6'8Lv]ndf 3f]8r8L ljleGg snf k|:t't ub}{ ;}lgsx? . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाण्डाै – आज घोडेजात्रा पर्व मनाइएकाे छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाण्डौ उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडेजात्रा मनाउने गरिएको विश्वास छ । नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेकाे छ । टुँडिखेलमा सेनाले घोडेजात्राको बढाईं गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्र्सी जस्ता तरकारीबालीको बीउ रोप्ने चलन छ । सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । 

sf7df8f}F, @( r}t . 3f]8]hfqf @)&& sf] cj;/df ;}lgs d~r 6’8Lv]ndf 3f]8r8L ljleGg snf k|:t’t ub}{ ;}lgsx? . t:jL/ M k|bLk/fh jGt, /f;;

तस्बिर : रासस