हेटाैंडा– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) सम्बद्ध जनसाँस्कृतिक महासंघ मकवानपुर र घटक संगठनहरुको संयुक्त बिस्तारित बैठक शनिबार सम्पन्न भएको छ । जनसाँस्कृतिक महासंघ मकवानपुरका जिल्ला अध्यक्ष चिरन्जिवि थापाको अध्यक्षता एवम् नेकपा केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आथित्यता विस्तारित बैठक सम्पन्न भएको हो ।

बैठकले जनसाँस्कृतिक महासंघको अध्यक्षमा राजुराम राउतलाई चयन गरेको छ । यस्तै जनचलचित्र संघ, नेपाल, मकवानपुरको अध्यक्षमा रिपेश दाहाल, जनसाहित्यिक लेखक संघ,नेपाल, मकवानपुरको अध्यक्षमा गणेककुमार तिमल्सिना, जन नाट्य मंच, नेपाल, मकवानपुरको अध्यक्षमा राजकुमार रिसाल र जनसंङ्गित मंच, नेपाल मकवानपुरको अध्यक्षमा विजय अमात्य चयन हुनु भएको जनसांस्कृतिक महासंघका केन्द्रिय सदस्य आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो ।