मकवानपुर– मकवानपुर प्रहरीले शुक्रबार चरेश बनाउनका लागि तयार गरिएको २२ किलो गाँजाको धुलो बरामद गरेको छ । शुक्रबार बिहान मकवानपुरको राक्सीराङ गाउँपालिका–३ औलेडाँडा स्थित प्रहरी चौकीबाट खटिएको टोलीले चरेश बनाउनका लागि तयार गरिएको २२ किलो गाँजाको धुलो बरामद गरेको हो ।
दुईजना व्यक्तिले प्रहरीलाई देखेपछि झोला छोडेर जङ्गलतिर भागेपछि झोला खोल्दा गाँजाको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । झोला छोडेर भागेका उनिहरुको खोजी भइरहेको प्रहरीले भनाइ छ ।