मकवानपुर–मकवानपुरमा बिहीबार साँझ थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौँडा–१० स्थित किटजन्य रोग तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ७१ जनाको स्वाब परिक्षण गर्दा ११ जना महिला र ५ जना पुरुष गरि १६ जनामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।