मकवानपुर– मकवानपुरको बकैया गाउँपालिकाका एक युवकको हत्या गरि फरार रहेका अभियुक्त भीमराज भोलनलाई प्रहरीले पक्राउ गरेर आज सार्वजनीक गरेको छ । शुक्रबार दिउँसो बैकया गाउँपालिका–४ का २० वर्षीय विकास वाइवाको हत्या गरी फरार रहेका स्थानीय भीमराज भोलनलाई मकवानपुर प्रहरीले पक्राउ गरी आईतबार (आज) सार्वजनिक गरेको हो ।
बकैया गाउँपालिका–४ नयाँदमार स्थित स्थानीय २० वर्षीय विकास वाईबाको हत्या गरी फरार रहेका भोलनलाई प्रहरीले ललितपुर जिल्ला बागमती गाउँपालिका–२ को मल्टाबाट शनिबार साँझ पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सुसिलसिंह राठौरले जानकारी दिनुभयो । भोलन शुक्रबार दिउँसो वाइबाको हत्या गरी फरार रहेका थिए । भोलनलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखी कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानूनी कारबाही भइरहेको प्रहरी उपरिक्षक राठौरले जानकारी दिनुभयो ।