निशा गुरुङ/हेटौंडा

दशै भन्ने वित्तिकै टिका लगाउने आफन्तको घरमा जाने पिङ् खेल्ने रमाईलो गर्ने भन्ने बुझिन्छ । तर यस वर्षको दशै मकवानपुरका सभासद्हरुलाई दशै,दशै जस्तो नभएको महसुस गरेका छन् । पहिलाको दशै भन्दा अहिलेको दशैमा धेरै फरक भएको र यस वर्षको दशैंमा रमाईलो नभएको सभासद्हरुको भनाई छ । कोरोनाको कहरले गर्दा दशै दशै जस्तो भएको छैन ।
ईन्द्र बानियाँ

ईन्द्र बानियाँ

बागमती प्रदेश सभाका प्रतिपक्ष दलका नेता एवं पुर्व गृह राज्यमन्त्री ईन्द्र बहादुर बानियाँको पनि यस वर्ष दशैमा जुठो परेको हुदा टिका नभएको उनले बताएका छन् । उनले यस वर्षको दशै पहिलाको वर्षहरुको भन्दा निकै फरक भएको महसुस गरेको बताए । कोरोना महामारीको कारण भिडभाड गर्न ठिक नभएको पनि उनले बताए । अहिलेको वर्षको दशै ईतिहास कै खल्लो दशै भएको हुनपर्छ उनले भने ।
मुनु सिग्देल

मुनु सिग्देल


प्रदेश सांसंद मुनु सिग्देलले यस वर्षको दशैंमा नयाँ अनुभव गर्न पाएको महसुस गरेकी छिन् । पहिला दशैं भन्ने वित्तिकै आफन्तको घरमा जाने आफन्तहरु आफनो घरमा आउने सबै जमघट हुने रमाईलो गर्ने गरिन्थ्यो तर यस वर्ष घर भित्रका परिवारमा मात्रै दशैं सिमित रहेको उनले बताए । उनलाई कोरोना पोजेटिभ पनि देखिएको थियो । तर, पछि नेगेटिभ आईसकेपछि परिवारभित्रै भएपनि टिका लगाउन पाउँदा निकै खुशी भएको उनले बताईन् । पहिला दशैंको टिका ५ दिनमा चल्थ्यो भने यस वर्षको दशै एकै दिनमा सकिएको बताएकी छिन् । नेकपा मकवानपुरकी अध्यक्ष सिग्देलले हाम्रो परिवारकोमात्र होइन सिंगो मुलुकवासीको दशै खल्लो भएको वताईन ।
प्रेम बहादुर पुलामी

प्रेम बहादुर पुलामी

प्रदेश सभा सदस्य एवं नेकपा मकवानपुरका सचिव प्रेम बहादुर पुलामीले यो वर्षको दशै पर्व उराठ लाग्दो भएको वताए । जीन्दगीमा यस्तो खाले दशै कहिले मनाउन परेको थिएन, आगामी दिनमा मनाउन पनि नपरोस उनले भने । आफनो साथीभाईमा कोरोना देखिसकेपछि आफु गाउँ नगई हेटौंडामा नै बसेको र यस वर्ष टिका समेत नलगाएको उनले जानकारी दिए । पहिलाको दशैंमा गाउँघरमा जाने आफन्त भेट्ने र रमाईलो गर्ने हुदा यस वर्षको चार्ड चार्ड जस्तै नभएको उनले बताएका छन् ।
सन्त बहादुर चेपाङ्

सन्त बहादुर चेपाङ्

प्रदेश सभा सदस्य सन्त बहादुर चेपाङ्को पनि दशै नरामाईलो भएको बताएका छन् । कोरोना भाईरसले गर्दा घरमा टिका पनि नलगाएको र चेलीहरुलाई पनि घरमा नबोलाएको उनले जानकारी दिईन् । उनले कोरोनाको मध्यनजर गर्दै गाउँमा पिङ् समेत नहालेको हुदा यसवर्षको दशैं नरामाईलो महासुस भएको सुनाए ।