हेटाैंडा– नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च संख्यामा एकैदिन ८१४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या २८ हजार नौ सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १८१४ जना संक्रमित निको भएर घर फर्किएको तथा थप ९८० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
त्यस्तै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४६ हजार दुई सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा नौ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसंगै सङ्क्रमितको सङ्ख्या ४६ हजार दुई सय ५७ पुगेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा १० हजार तीन सय ८२ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा नौ सय ८० जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । अब नेपालमा १७ हजार २७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ८९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।