हेटौंडा– मकवानपुरमा मंगलबार (आज) तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का एक जना पुरुष र एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । हेटौंडाको प्रयोगशालामा परिक्षण गरिएकोमा हेटौंडा १० का दुईजनामा कोरोना संक्रमण देखिएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।

त्यस्तै मकवानपुरको थाहा नगरपालिका–६ स्थित क्वारेन्टिनमा बसेका २० वर्षीय एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा स्थित किटजन्य रोग, अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । वीरगञ्ज महानगरपालिका वडा नंबर २३ स्थायी घर भएका थाहानगरमा सटरिंग एबंम वेल्डिङ्ग काम गर्ने पुरूषमा कोरोना पुष्टि भएको उहाँले वताउनुभयो ।