फाइल तस्विर

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख नाघेको छ ।  शनिबार बिहान सार्वजनिक तथ्यांकअनुसार बितेको २४ घण्टामा भारतमा थप २७ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एक दिनमा देखिएको अहिलेसम्मकै बढी संक्रमण दर हो ।  

यो जोड्दा भारतमा संक्रमितको कूल संख्या ८ लाख २० हजार ९१६ पुगेको छ । तीमध्ये अहिलेसम्म २२ हजार १२३ जनाको मृत्यु भएको छ । यसमा पछिल्लो एक दिनमा मात्र ५ सय १९ जनाको ज्यान गएको हो ।  संक्रमितमध्ये अहिलेसम्म ५ लाख १५ हजार ३८६ जना निको भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

Facebook Notice for EU! You need to login to view and post FB Comments!