मकवानपुर– सामुयायिक विकास केन्द्र नेपाल (सीसीडीएन) ले होल्डिङ स्टेसन र क्वारेन्टाईनका लागि आवश्यक सामग्री सहयोग उपलब्ध गराएको छ । संस्थाले जिल्ला समन्वय समिति मकवानपुर, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र ईन्द्रसरोवर गाउँपालिकालाई आज एक कार्यक्रमका बिच विभिन्न वस्दोवस्तीका सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाले जिल्लामा संचालित होल्डिङ सेन्टर र क्वारेन्टाईन निर्माणका लागि सामाजिक उत्तरदायित्व अन्तरगत सामग्री सहयोग गरेको जनाएको छ । संस्थाले म्याट्रेस, बल्याङकेट, बेड सीट, तकिया, ईलेक्ट्रीक केटल, थर्मस, साबुन, तौलीया, झुल, मास्क, डिसईन्फेक्सन केमिलक, ह्यान्ड लेस ह्यान्डवास स्टेन्डलगायतका सामग्री प्रदान गरेको हो । संस्थाले जिससलाई ५५ सेटका दरले, थाहा नगरपालिकालाई ३० सेट, भीमफेदी र ईन्द्रसरोवर गाउँपालिकालाई १०÷१० सेट सामग्री सहयोग गरेको छ । सामग्री हस्तान्तरण गर्दै संस्थाका कार्यकारी निर्देशक महेन्द्र बहादुर रानाले सामग्री सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले संस्थालाई धन्यवाद दिनुभयो । उहाँले विपदका बेला सबैले मिलेर सामना गर्नुपर्ने भन्दै कोरोना महामारीमा सहयोग गर्ने अन्य संघसंस्थाहरुलाई समेत धन्वाद व्यक्त गर्नुभयो ।

संस्थाले उपलब्ध गराएकाे सामग्री यस प्रकार छ ।