मकवानपुर– मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका कृषकलाई कृषि औजार तथा सामग्री वितरण गरिएको छ । गाउँपालिकाले कृषि ज्ञान केन्द्र चितवनबाट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत प्राप्त हाते ट्याक्टर तथा अन्य सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । कृषलाई हाते ट्याक्टर (मिनिटिलर), इलेक्टोनिक पम्प, मल्चिङ प्लास्टिक, सिचाइ पाइप, टनेल हाउस, र डिजिटल काँटा लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।

कृषकलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, गाउँपालिका अध्यक्ष जीवन लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल लगायतले सामग्री वितरण गर्नुभएको थियो । अनुदानमा प्राप्त सामग्री वितरण जिसस प्रमुख खुलालले प्राप्त सामग्रीको भरपुर प्रयोग गर्दै कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।