????????????????????????????????????

हेटाैंडा– कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका थप १३ सय १० जनालाई आज स्वदेश ल्याइएको छ । आज विभिन्न देशबाट ८ उडानमार्फत १३ सय १० जना नेपालीलाइ स्वदेश ल्याइएकाे हाे ।

आज कतारको दोहाबाट कतार एअरवेजको चार्टर्ड उडानमार्फत पाँच बच्चासहित ३८४ जना, हङ्कङबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ बच्चासहित ८१ जना, यूएईको दुबईबाट १४६ जना, साउदीको दमामबाट हिमालय एअरमार्फत १५४ जना, साउदीकै रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना र कुवेतको जजिरामार्फत ८१ जना नेपाली स्वदेश आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । साउदीको रियादबाट १५ नेपालीको शव पनि ल्याइएको छ ।

यस्तै अस्ट्रेलिया मेलवर्नबाट दुई बच्चासहित २१० जना स्वदेश फर्किएका त्रिभुवन विमानस्थलले जनाएको छ । आज विमानस्थलमा नेपाली ल्याउन र लिन जान गरी ९ वटा अन्तर्राष्ट्रिय उडान भएको छ भने आन्तरिकतर्फ ६ उडान भएको छ । भोलि पनि विभिन्न देशमा नेपाली लिन जाने उडान तालिका रहेको छ । भोलि नेपाल एअरलाइन्सको जहाज नेपाली लिन कतारको दोहा र मलेसियाको क्लालाम्पुर जानेछ भने हिमालय एअरलाइन्सको जहाज पनि मलेसियाको क्वालालाम्पुर जानेछ ।