नेपालमा शुक्रबार पाँच सय ९३ जनामा काेराेना सङ्क्रमण देखिएकाे छ । आज एक सय सात महिला र चार सय ८६ पुरुष गरी पाँच सय ९३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका दुई, झापाका एक र सुनसरीका १० जनामा सङ्क्रमण भेटिएको हो । त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका तीन, प्रादेशिक जनस्वास्थ्य अस्पताल जनकपुरमा धनुषाका १२, महोत्तरीका चार र सिरहका ६ जनामा सङ्क्रमण पाइएको हो ।

नारायणी अस्पताल वीरगञ्जमा धनुषाका तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका एक, बैतडीका २५, बझाङका नाै, बाजुराका २७, बाराका दुई, दार्चुलाका तीन, डोटीका ४६, गोरखाका पाँच, कैलालीका ३०, कञ्चनपुरका ४२, कपिलवस्तुका नाै, रौतहटका ४६ र सल्यानका एक जनामा काेराेना सङ्क्रमण भेटिएको छ ।

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गोरखाका एक, नवलपरासी पूर्वका दुई, नुवाकोटका एक र काठमाण्डौका तीन जनामा सङ्क्रमण पाइएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १२, कैलालीका एक र नवलपरासी पूर्वका २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गुल्मीका १२, कपिलवस्तुका आठ, रौतहटका पाँच र सिन्धुलीका तीन जनामा काेराेना सङ्क्रमण पाइएकाे छ । काठमाण्डौको वीर अस्पतलामा गरिएको परीक्षणमा रौतहटका पाँच र सिन्धुलीका तीन जनामा सङ्क्रमण भेटिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा कास्कीका एक, लमजुङका ६ जनामा तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एक, तनहुँका दुई र स्याङ्जाका एक जनामा सङ्क्रमण भेटिएको हो ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका तीन, गुल्मीका १३, कपिलवस्तुका चार, पाल्पाका ७६, नवलपरासीका एक र रुपन्देहीका ६ जनामा सङ्क्रमण पाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ७५ र प्युठानका २० जना तथा सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका पाँच, जाजरकोटका दुई, मुगुका एक, सल्यानका तीन र सुर्खेतका १२ जनामा सङ्क्रमण भेटिएको हो ।

त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा जुम्लाका तीन जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गाैतमले जानकारी दिनुभयाे । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।