फाइल फाेटाे

हेटाैंडा– शुक्रबार थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशका विभिन्न स्थानमा प्रयोगशालमा गरिएको परीक्षणमा थप १८९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिनुभयाे ।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ४ सय १ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणका कारण ६ जनाको भने मृत्यु भइसहेको छ ।