मकवानपुर– सरकारले जिल्ला समन्वय समिति (जिसस) लाई अनुगमन कार्य गर्न सक्षम बनाउने जनाएको छ । बिहीबार संघीय संदमा बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री युवराज खतिवडाले जिससको क्षमता विकास गरी अनुगमन गर्न सक्षम बनाईने बताउनुभएको हो । जिल्ला समन्वय समितिको क्षमता विकास गरी स्थानीय तहबाट सञ्चालन हनुे विकास आयोजना र गैरसरकारी संस्थाबाट सञ्चालन हनुे कार्यक्रमको अनगमन गर्न सक्षम बनाइने उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिले सिमित कर्मचारी र स्रोत साधनका बाबजुद पनि समन्वय सहकार्य र अनुगमनको कार्य भने गर्दै आएको छ ।