सरकारले विदेशी नागरिकलाई श्रम स्वीकृति नलिई नेपालमा काम गर्न नदिने भएको छ । कानूनी व्यवस्था भएपनि कडाई नभएको भन्दै सरकारले अब यसमा कडा रूपमा लागू गरिने बताइएकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिनुभएकाे हाे ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप २ लाख रोजगारी सिर्र्जिा गर्ने गरी ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ । सरकारले विभिन्न सिप विकासको लागि ५ अर्बभन्दा बढी खर्च गर्ने घोषणा पनि गरेको छ ।