कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाराको १६ वटै स्थानीय तहले आईसोलेसन वार्ड बनाउने भएका छन् ।बिपद ब्यवस्थापन समितीको आज बसेको बैठकले उपमहानगरपालिकालाई ५०, नगरपालिकालाई २५ र गाउँपालिकालाई १० ओटा बेडका दरले आईसोलेसन तयार गर्न निर्देशन दिएको हो ।
स्थानीय तहहरुमा निर्माण हुने ५० बेड भन्दा बढीको क्वारेन्टाईन तथा आईसोलेसन वार्डको सुरक्षाको ब्यवस्था नेपाली सेनाले र सो भन्दा कम बेड भएको हकमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले गर्ने गरि जिम्मा दिइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुुभयो ।