file photo

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गणतन्त्र स्थापनापछि धेरै उपलब्धि प्राप्त भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले राज्य आत्मनिर्भरताको नजिक पुगेको, देशको अर्थतन्त्र सुदृढ हुँदै गएको तथा शीर ठाडो हुने गरी पराधिनतालाई चु’नौती दिने वातावरण बनेको उल्लेख गर्नुभएको छ ।

उहाँले सन्देशमा देशमा भएका विभिन्नखालका जनआन्दोलन, सङ्घर्ष र कयौँको बलिदानीबाट प्राप्त गणतन्त्रले जनमतको आधारमा राज्यको नेतृत्व गर्ने सबैभन्दा सुन्दर प्रणाली स्थापना गरेको विशेष दिनको अवसरमा सन्देशमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि बलियो र अधिकार सम्पन्न स्थानीय तहसहितको तीन तहको सरकार गठन भएर काम भइरहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । “देशका सबै जिल्ला र सबै स्थानीय तहको केन्द्रहरुमा सडक सञ्जाल विस्तार भएका छन् । टुकीबत्ती र खरका छाना लगभग विस्थापित भएका छन् । राज्य आत्मनिर्भरको नजिक पुगेको छ । देशको अर्थतन्त्र अन्तर्राष्ट्रिय निकायले देख्ने गरी बढेको छ । स्वाभिमानी नेपालीको शीर ठाडो हुनेगरी पराधिनतालाई चुनौती दिने वातावरण बनेको छ । यी सबै गणतन्त्रका उपलब्धि हुन् । ” सन्देशमा भनिएको छ ।