हेटाैंडा– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको बोर्ड बैठकले अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप लगायतका सबै एजेण्डाहरु जुन १० सम्मलाई स्थगित गरेको छ । बिहीबार टेलि कन्फ्रेन्समार्फत बसेको बैठकमा सबै एजेण्डामा जुन १० तारिखमा निर्णय गर्ने सहमति भएको जनाइएको छ ।

विश्वकप अस्ट्रेलियामा १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म आयोजना गर्ने मिति तोकिएको छ । तर, अहिले कोरोना भाइरसका कारण आसन्न  टी २० विश्वकप स्थगित गर्ने आंकलन भइरहेका बेला विहीबारको बैठकलाई अर्थपूर्णरुपमा हेरिएको थियो । आईसीसीले बोर्ड टेलि कन्फ्रेन्समार्फत अहिले जारी कोरोना माहामारीका कारण जनस्वास्थ्य पहिलो प्राथमिकता भएको भन्दै जुन १० मा बस्ने बैठकले थप निर्णय गर्ने जनाइएको छ ।