सांकेतिक तस्विर

सरकारले २ सय ४० जना कैदी बन्दीको सजाय मिनाहा गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर सरकारले केन्द्रीय कारागार, डिल्लीबजार करागार,नख्खुसहित देशका विभिन्‍न करागाराबाट कैदीहरुको बाँकी कैद सजाय मिनाहा गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको हो । 

गणतन्त्र दिवससहित फागुन ७ गतेको प्रजातन्त्र दिवस र असोज ३ गते संविधान दिवसको अवसर पारेर पनि कैदीबन्दीहरुको सजाय मिनाहा गरिँदै आएको छ । गृह मन्त्रालय स्रोतले विभिन्‍न अपराध अभियोगमा अदालतबाट दोषी ठहर भइ कैद भुक्तान गरिरहेकामध्ये ‘नेगेटिभ लिस्ट’मा नपरेका बन्दीलाई रिहा गर्न लागिएको हो । बलात्कार,भ्रष्टाचार,राज्य विरुद्धको अपराध लगायत आधा दर्जन कसुरमा दोषी ठहरिएका बन्दीलाई कैद मिनाहा गर्न नपाइने व्यवस्था कारागार व्यवस्था ऐन २०२०मा उल्लेख गरिएको छ ।