मकवानपुर
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । केहि दिन अगाडी भारतबाट अएका हेटौँडा–९,लाम्सुरे निवासी ५० वर्षिय एक पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
भारतबाट आएका उनलाई हेटौंडा–४ स्थित आइसोलेसनमा राखिएको थियो । उनको हेटौंडा–१० मा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको स्वाब परिक्षणमा कोरोना पुष्टि भएको आइसोलेन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले जानकारी दिनुभयो । आज बिहान मात्र हेटौंडा–१ चौकिटोलकि २५ बर्षीया एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
