विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसबाट संक्रमितको संख्या ५७ लाख १५ हजार भन्दा बढी नाघिसकेको छ । कोरोना भाइरसका कारण हालसम्म ३ लाख ५२ हजार भन्दा बढीको मृत्यु भएको छ । यस्तै कोरोना भाइरसबाट संक्रमित अहिले सम्म २४ लाख ५४ हजार भन्दा बढी उपचार पछि निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट नराम्ररी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या १७ लाख २७ हजार भन्दा बढी पुग्नै लाग्दा, १ लाख ६ हजार २५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट यूरोपेली राष्ट्रहरु इटली, स्पेन, जर्मनी लगायत सबै प्रभावित भएका छन् । छिमेकी मुलुक भारतमा १ लाख ५३ हजार २ सय भन्दा बढी संक्रमित हुँदा ४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ भने ६४ हजार ८ सय भन्दा बढी उपचार पछि निको भएका छन ।