फाइल तस्विर

कोरोना संक्रमण पुष्टि भएका हेटौंडा–९ का कोरोना संक्रमित पुरुष यही जेठ १२ गते भारतबाट आएको खुलेको छ । हेटौडा–९ मा घर भएपनि उनलाई साेहि दिन सिधै हेटौंडा–४ कर्रा स्थित आइसोलेसनमा राखिएको कोरोना आइसोलेसन वार्डका संयोजक भोलाप्रसाद चौँलागाईले बताउनुभएको छ ।

उनको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र उक्त व्यक्ति हालसम्म आइसोलेसनमै रहेको उहाँले जानकारी दिनुभयो । उनलाई आइसोलेसनमा राख्ने कि कोरोना विशेष अस्पताल भरतपुर लैजाने भन्ने विषयमा छलफल भइरहेको चौलागाईले बताउनुभयो ।