हेटाैंडा– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजसम्म ५८ हजार २ सय ७७ जनामा पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार ५८ हजार २ सय ७७ पीसीआर र १ लाख २ सय ८७ जनाको आरडीटी विधिमार्फत जाँच भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ८० पीसीआर र २ हजार ३ सय २० आरडीटी परीक्षण भएको मन्त्रालयले जनाएको छ ।