नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका युवक छुटेका छन् । आफूलाई स्वयंसेवी बताउँदै बागमती प्रदेश जनस्वास्थ्य प्रयाेगशालाका प्रमुख नारायण बहादुर कार्कीलाइ दुर्व्यवहार गर्ने चन्द्रागिरिका उत्तम कार्की छुटेका हुन् ।
काेराेना प्रभावका कारण अहिले गम्भीर प्रकृतिको अपराध बाहेकमा मुद्दा नचलाइने हुँदा उनलाई छाडिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताउनुभयाे । ४ जेठमा नियन्त्रणमा लिएपछि प्रहरीले उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा कारबाही प्रक्रिया अघि बढाउने भनेको थियो । तर, अदालतले मुद्दा चलाउन मानेन । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै कार्कीसहितको समूहले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यहार गरेका थिए उनीहरुले प्रहरीकै अगाडि कार्कीको खानतलासी पनि लिएका थिए । जसको उनीहरुले फेसबुकमा लाइभ भिडियो प्रशारण गरेका थिए । भिडियो सार्वजनिक भएपछि सर्वसाधारणले स्वयंसेवक भन्ने व्यक्तिको चौतर्फी विरोध गरेका थिए ।
अनलाइनखबरबाट