फाइल फाेटाे

अब कोरोना भाइरसको लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दरमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

मन्त्रालयको अनुसार अनुमति लिएर निजी तथा सामुदायिक अस्पतालहरुले पीसीआर/आरडीटी परीक्षण गर्न पाउने भएका हुन् । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना भाइरसको परीक्षणमा सहजता प्रदान गर्न निजी तथा सामुदायिक अस्पतालहरुलाई कोरोना परीक्षण गर्न पाउने गरी निर्देशिका जारी गरिएको बताउनुभयो । परीक्षणपछि दैनिक रुपमा अस्पतालहरुले त्यसको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा पेस गर्नुपर्ने छ ।