बागमती प्रदेश सरकारले विज्ञ संलग्न र्यापिड रेस्पोन्स टोली सिन्धुपाल्चोककाे बाह्रबिसे पठाएकाे छ । हिजाे जेठ ३ गते बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षिय सुत्केरी महिलामा कोरोनाबाट मृत्यु भएपछि थप सङ्क्रमरण फैलिन नदिन विज्ञ संलग्न र्यापिड रेस्पोन्स टोली पठाएकाे हाे ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलाल विज्ञ संलग्न टोली सहित बाह्रविसे जानुभएकाे मन्त्रालयले जनाएको छ । मन्त्री दुलालका अनुसार टाेलीमा विज्ञ, डाक्टर र प्राविधिक रहेका छन् । टोलीले मृतकसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परीक्षण गर्ने उहाँले बताउनुभयाे । दिन प्रतिदिन बढिरहेको कोरना भाइरसको रोकथाम नियन्त्रण र थप सङ्क्रमरण फैलिन नदिनको लागि बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री मन्त्रालयको विज्ञ संलग्न र्यापिड रेस्पोन्स टोलीको अझै प्रभावकारी सक्रियताले कोरोनाबाट हुने जोखिमलाई कम गर्न सकिने मन्त्रालयको स्वास्थ्य टोलीले जनाएको छ ।