हेटाैंडा– नेपालमा आज थप एक जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । नेपालगञ्जको भेरी अस्पतालमा १६ वर्षीय पुरुषको पोजेटिभ रिपोर्ट आएको हो ।
योसँगै संक्रमितको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिनुभएकाे हाे । त्यस्तै ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेकाे उहाँले जानकारी दिनुभयाे । प्रवक्ता डा. देवकोटा अनुसार कोसी अञ्चल अस्पतालमा उपचाररत ८ जना आज निको भएर घर फर्किएका हुन् । ५ जना १७ औँ दिनको उपचारपछि र ३ जना १६ औँ दिनपछि डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयाे ।