मकवानपुर– कोरोना भाइसरका कारण सरकारले घोषणा गरेको लकडाउनका कारण सबै क्षेत्र यतिखेर ठप्प रहेका छन् । यस्तोमा शैक्षिक क्षेत्रलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारे मकवानपुरमा भने गृहकार्य सुरु भएको छ । जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा आईबार बसेको सरोकारवालासहितको छलफलले जिल्लाको शैक्षिक क्षेत्रलाई सुचारु गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य सम्बन्धी सावधानी अपनाएर भौतिक दुरी कायम गरी गर्न सकिने कामहरु गर्नुपर्ने निश्कर्ष निकाल्दै गर्दै शैक्षिक क्षेत्रलाई सुचारु गर्ने निर्णय गरेको हो ।

लकडाउनका कारण शैक्षिक क्षेत्र धारासायी हुने अवस्थालाई मध्यनजर गर्दै आइतबार बसेको बैठकले शैक्षिक क्षेत्र सुचारु गर्न विभिन्न निर्णयहरु गरेको जिल्ला शिक्षा समितिका अध्यक्ष खुलालले जानकारी दिनुभयो । बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षाको नतिजा अनलाईन माध्यम सम्भव भएमा अनलाईन र सम्भव नभएमा अन्य उपयुक्र्त माध्यमबाट प्रकाशन गर्ने र कक्षा ८ को नतिजा स्थानीय पालिकाको कार्यक्रम अनुसार प्रकाशन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले स्थानीय पालिकाहरुले राष्ट्रिय अभिभावक संघ समेतको संलग्नतामा पुस्तक व्यवसायीबीच बैठक गरि सहज ढंगबाट ढुवानी गर्ने र नतिजा प्रकाशन पश्चात विद्यार्थीलाई सहज पहुँच गुग्ने गरि पा७यपुस्तक उपलब्ध गराउन अनसरोध गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । त्यस्तै सरकारले जारी गरेको लकडाउनमा सामाजिक दुरी कायम राख्नुपर्ने भएकाले लकडाउन खुला भएपछि पठनपाठन सुचारु हुने पुर्वसन्ध्यामा विद्यार्थी भर्ना गराउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले एसईई परिक्षा सञ्चानार्थ उपकेन्द्र निर्धारण गर्ने सन्र्दभमा शिक्षा विकास तथा समन्वय ईकाइले आवश्यक छलफल गरेर विवरण तयार पारेर जिल्ला परिक्षा समन्वय समितिमा पठाउने तथा दुर शिक्षा सिकाई सञ्चालनका लागि समभाव्यता अध्यन गरेर आगामी बैठकमा छलफल गर्ने निर्णय गरेको खुलालले जानकारी दिनुभयो । बैठकमा शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख लिलानाथ गौतम, राष्ट्रिय परिक्षा बोर्ड मकवानपुरका प्रमुख कृष्ण प्रसाद घिमिरे, शिक्षक महासंघका अध्यक्ष जिधराज ढकाल, राष्ट्रिय अभिभावक संघका अध्यक्ष धु्रब चौलागाई, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्रीराम दाहाल, शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारी, नगर शैक्षिक समितिका अध्यक्ष सागर खतिवडा, शिक्षक महासंघ हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष दीपक अधिकारी, प्याबसन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष रमिला सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका प्रचार विभाग प्रमुख सुनिल गौतमलगयतको सहभागितता थियो ।