मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हेटौंडा–४, कर्रा स्थित आईसोलेसन वार्डमा नियमित रूपमा खाद्यान्न उपलब्ध गराउँदै आएको छ । आइसोलेशनमा खटिने स्वास्थ्यकर्मी, बिरामी तथा कर्मचारीलगायतका लागि जिससले खाद्यान्न उपलब्ध गराउँदै आएको हो ।
हाल सम्म जिससले दुई पटक गरेर एकसय किलो चामल, १० किलो चिउरा, ५ लिटर तेल र ५÷५ किलोका दरले दाल र नुन उपलब्ध गराएको तथा आइसोलेशन वार्ड संचालन रहे सम्म जिससले नियमित खाध्यान्न उपलब्ध गराउने समेत जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिले त्याहाँ खटिने स्वास्थ्यकर्मी, कर्मचारी तथा बिरामीका लागि सहयोग उपलब्ध गराएको उहाँले बताउनुभयो । साथै आइसोलेसन बार्डमा तरकारीको व्यवस्थापन भने जिससकै समन्वयमा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले गर्दै आउनुभएको प्रमुख खुलालले जानकारी दिनुभयो । यस बाहेक जिसस मकवानपुरले जिल्लामा संचालन हुने दुईवटा एम्बुलेन्सलाई पार्टेशन गर्न लाग्ने खर्च समेत व्योहोरेको उहाँले जानकारी दिनुभयो । जिससले कोरोना भाइरसको माहामारीका बेला स्थानीय तहहरुको हौसला बढाउन पालिकाहरुको अनुगमन निरिक्षण गर्ने, स्थगानीय तहहरुसंग समन्वय गरेर उनिहरुको समस्या समाधान गर्ने, जिससलाई प्राप्त राहतहरु स्थानीय तहहरुमा पु¥याउने, स्वास्थ्य सामग्री उपलब्ध गराउने जस्ता कार्यहरु गरेको प्रमुख खुलालले बताउनुभयो । लकडाउनकै अवस्थामा जिल्लाको प्राय सबै स्थानीय तहसम्म पुगेर अवस्था बुझ्ने र समाधानका लागि सहजिकरण गर्ने काम गरेको उहाँले जानकारी दिनुभयो ।