हेटाैंडा– ओस्कार विजेता अमेरिकी फिल्म निर्देशक, निर्माता र एनिमेटर जिन डिचको ९५ वर्षको उमेरमा निधन भएको छ। चेक गणतन्त्रको राजधानी प्रागस्थित आफ्नै अपार्टमेन्टमा बिहीबार उनी मृत भेटिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनी चेक गणतन्त्रमा श्रीमती एवम् एनिमेटर/निर्माता जेन्का नाज्मानोभासँग बस्दै आएका थिए। सन् १९२४ अगस्ट ८ मा अमेरिकाको सिकागोमा जन्मिएका डिचले १९५९ मा प्राग भ्रमणमा जाँदा जेन्कालाई भेटेका थिए। केवल १० दिनका लागि प्राग गएका उनी जेन्कासँग प्रेम सम्बन्ध झाङ्गिएपछि अमेरिका छाडेर उतै बसोबास गर्न थालेका थिए। उनीहरुले सन् १९६४ मा विवाह गरेका थिए।
६ दशक लामो फिल्मी करिअरमा डिच तीन वटा एकेडेमी अवार्डका लागि मनोनयनमा परेका थिए। सन् १९६० मा फिल्म ‘मुनरो’ बाट उनले उत्कृष्ट एनिमेटेड सर्ट फिल्म विधातर्फको ओस्कार जितेका थिए। उनले चर्चित कार्टुन शृङ्खला ‘टम एन्ड जेरी’ र ‘पोपाय द सेलर’ का धेरै भागको समेत निर्देशन गरेका थिए। डिचले ‘टम एन्ड जेरी’ का १५ भागको निर्देशन गरेका थिए । सन् १९२४ अगस्ट ८ तारिखमा सिकागोमा जन्मिएका जीन पहिला उत्तरी अमेरिकामा सेनासँग आबद्ध थिए । उनी पाइलटलाई तालिम दिन्थे भने सेनाका लागि ड्राफ्टम्यानको काम गर्दथे । तर स्वास्थ्य सम्बन्धि समस्याका कारण उनलाई सन् १९४४ मा सेनाबाट हटाइयो । पछि उनी एनिमेसनको क्षेत्रसँग जोडिए । त्यसपछि उनले टम एण्ड जेरी कार्टुनको पात्रलाई के सोचेर के सोचेर निर्देशन गरे ? एक अन्तरवार्तामा उनले यसबारे जानकारी दिए ।
चुनौती यस्तो पात्र बनाउने थियो जसले केही नभनी सबैलाई हँसाउन सकोस् र वर्षौंसम्म याद गरियोस्:
जीन डायचका अनुसार सन् १९४४ मा अमेरिकामा सेनाको जागिर छोडेर उनी हलिउडको चर्चित एमजीएम प्रोडक्सन हाउससँग जोडिए । मैले टम एण्ड जेरीको सुरुवात पनि यहाँबाटै भयो । उनले भने, ‘यो बनाउनु अघि मसमक्ष एउटा चुनौती थियो जसमा मुसा र बिरालोको कहिले पनि समाप्त नहुने झगडामा भाषाको प्रयोग नगर्नु थियो । र यसलाई मानिसहरुले वर्षौंसम्म पनि याद गरुन् भन्ने चुनौती ममाथि तेर्सिएको थियो । अर्थात्, यस्तो पात्र जसले केही नबोली आफ्नो हाउभाउले सबैलाई हँसाउन सकोस् ।’
सपनामा पनि झगडा गरिरहेको देखिन्थे टम एण्ड जेरीः जीन
उनले थपे, ‘यसैबीच मेरो भेट विलियम हन्नार जोसेफ बारबरासँग भयो । दुबै एमजीएम स्टुडियोमा काम गर्दथे । यी दुई निकै मिहिनेती थिए । मैले टम र जेरीको पात्रबारे उनीहरुसँग मिलेर काम गर्न सुरु गरेँ । एनिमेटर भएको नाताले मैले एउटा सिरिजमा हज्जरौं कार्टून स्ट्रिप बनाउनु पर्दथ्यो किनभने त्यतिबेला कम्प्युटर प्रविधि थिएन ।’
उनी थप्छन्, ‘टम र जेरी पात्र मेरो दिमागमा यसरी बसेको थियो कि राती पनि सपनामा उनीहरु झगडा गरिरहेको देख्थेँ । बिहान उनीहरुको झगडा कागजमा उतार्थेँ ।’
सन् १९६० मा टम एण्ड जेरीको १३ एपिसोडको नयाँ श्रृङ्खला बनाएँः जीन
सन् १९५७ मा एमजीएम स्टुडियोले आफ्नो एनिमेशन युनिट बन्द गर्यो । सन् १९५९ मा उनी प्राग घुम्न गए र त्यहाँ नै बस्ने निर्णय गरे । त्यसपछि हन्ना र बारबरा पनि प्राग पुगे र त्यहाँ आफ्नो प्रोडक्सन हाउस खोले । सन् १९६० मा टम एण्ड जेरीको १३ एपिसोडको नयाँ श्रृङ्खला र पोपाय द सेलर म्यान फिल्मले सफलताको झण्डा गाडिदियो । उनले भने, ‘यहाँबाट मैले प्रसिद्धि पाएँ । सन् १९६७ मा मुनरोका लागि मैले ओस्कर पनि पाएँ ।’